श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ


साउन २७, बीरगञ्ज । प्रतिमा कुमारी यादवको हत्या गरेको अभियोगमा प्रहरीले उनकै श्रीमानलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ इटियाही टोल बस्ने २६ वर्षीय दिनेश प्रसाद यादव छन्। उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

दिनेशले श्रीमतीको हत्या गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनी उपर ज्यान सम्बन्धी कसूर मुद्दामा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]