डुबेर तीन जनाको मृत्यु


साउन २७, काठमाडौँ । सप्तरी, पाल्पा र ताप्लेजुङमा डुबेर तीन जनाको मृत्यु भएको छ। सप्तरीको बोदेबर्साईन नगरपालिका–८ काचनस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ६ वर्षीय नन्दनी कुमारी दासको बिहीबार मृत्यु भएको छ।

नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको शत्रुधन अस्पताल बोदेबर्साईनमा उपचारको क्रममा मृत्यु भएको हो।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ साउनेस्थित डमराई पोखरीमा डुबेर सोही ठाउँ मामाघर आएका गुल्मी छत्रकोट गाउँपालिका–३ चोयघा घर भएका १४ वर्षीय मनोज रेस्मीको बिहीबार मृत्यु भएको छ।

पोखरीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो। ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–४ डुम्रिसेस्थित सिवानी हाइड्रो पावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीय रोशन तामाङको बिहीबार दिउँसो मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : hima[email protected]