नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का


साउन २६, काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता आफूले दिलाएको बताएका छन्।

चीन भ्रमण सकेर बिहीबार राति स्वदेश फर्किएका उनले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको बताएका हुन्।
चिनियाँ विदेशमन्त्रो वाङ यीसँगको भेटमा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको जनाएको स्वदेश फर्किएपछि जारी गरिएको प्रेस नोटमा खड्काले उल्लेख गरेका छन्।

उनले नेपाल र चीनबीच विगमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार रहेको बताए। चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा घोषणा भएको ३।५ बिलियन चिनियाँ युआन सहयोगको उपयोगबारे रचनात्मक कुरा भएको उनको भनाइ छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]