नेपाल फेस्टिबल मेलबर्नमा नै मैले मेरो मायालाई भेटेको हुँ : गायक विवेक श्रेष्ठ 


साउन २६, मेलबर्न अष्ट्रेलिया । आजभन्दा २८ वर्षअगाडि एउटा प्रख्यात लोकपप ब्याण्डको उदय भयो। त्यो व्याण्ड युवाहरुको ढुकढुकी बन्न पुग्यो र व्याण्डले प्रस्तुत गरेको गायन त झन् सबै उमेरको लागि सांगीतिक वरदान नै भयो। 

के सहर, के गाउँ, के देश, के विदेश सबै गाउँ बेसी, कुना र कन्दरामा मौलिक शब्दहरूको बोल लोकपप गुन्जिन थालियो। अनि लोकपपसँगै मेलोडी गीतहरू पनि त्यसरी नै कुना–कन्दरासम्म बेजोड गुन्जिरहँदा ब्याण्ड ‘कन्दरा’ को चर्च सगरमाथा झैँ चुलिन थाल्यो। 

दुई दशक बितिसक्दा पनि कन्दराको चर्चा सेलाउन सकेको थिएन। त्यसको राफ अझैँ पनि देश विदेशमा बस्ने नेपालीहरुबीच रहिरह्यो। अनि यो राफबाट अष्ट्रेलियाको पनि अछुतो रहन सकेन। नेपाल फेस्टिबल मेल्वर्नको निमन्त्रणामा २०१६ डिसेम्बरमा कन्दरा ब्याण्ड आफ्नो प्रस्तुति दिन स्टेज चढ्यो र जब व्याण्डका लेजेण्ड भोकलिष्ट विवेक श्रेष्ठले माइक समातेर हेलो मेलबर्न मात्रै के भनेका थिए फेडेरेसन स्क्वारको त्यो विशाल भीड खुशीले पागल भएँ। जब गायक श्रेष्ठले आफ्ना एकपछि अर्को कालजयी गीतहरू पस्कन थाले त्यसपछि माहोल झन् चम्किन थाल्यो। उनै स्वरका धनी लेजेण्ड गायक विवेक श्रेष्ठसँग उहाँको नेपाल फेस्टिबलमा सहभागी हुँदाको पलको बारेमा प्रस्तुत गर्दछौ संक्षिप्त अनुभव:

अहिले मेलबर्ननै आफ्नो कर्मथलो बनाउनुभएको छ । सम्रगमा मेलबर्न कस्तो लाग्छ ?

मेलबर्न संसारमा बस्न लायक ठाउँमध्ये एउटा रहेको छ र यो अनुभव मलाई २०१२ मा मेलबर्न आउँदा नै भएको थियो। त्यतिखेर नै मैले यो सहरलाई भविष्यमा कर्मथलो बनाउँछु भन्ने परिकल्पना गरिसकेको थिए। र यो परिकल्पना अहिले साकार पनि भएको छ। मेलबर्नको हावापानीले कहिलेकाहीँ सताएपनि यहाँको मानिसहरुको हार्दिकताले भने धेरै माया ममता दिएको छ। पक्कै पनि मेल्वर्नको सुन्दरताले मन छोएको छ। 

२०१६ डिसेम्बर मा नेपाल फेस्टिबल मेलबर्नमा प्रस्तुति दिनुभएको थियो। त्यतिखेरको त्यो प्रस्तुति सायद कमैले याद नगर्ला तर तपाईँले कतिको याद गर्नुभएको छ ?

त्यो फेस्टिबल विभिन्न कारणले यादकार छ। कन्दरा व्याण्डको अष्टेलिया पहिलो पल्टको टुर र प्रस्तुति थियो। मेलबर्न लगायत अन्य सहरहरूमा पनि हामीले प्रस्तुति दिएका थियौ त्यतिखेर। फेडेरेशन स्क्वायरमा हाम्रो प्रस्तुति र दर्शकहरूको उपस्थिति त भव्य छँदै थियो। त्यो लेबलको फ्यानको माया र सद्भावना अहिलेसम्म मन मुटुमा नै याद बनेर बसेको छ। अनि त्यो भन्दा पनि अझ स्पेसल रूपमा भन्दा मैले त्यो दिन मेरो जीवनसँगीनीलाई स्टेजबाट पहिलो पटक देखेको थिए। मैले त्यो दिनै उनीसँगै भेटेँ। त्यसैले पनि २०१६ को नेपाल फेस्टिबल मेरो लागि यादगार रहिरह्यो।  

कस्तो अुभव गर्नुभएको थियो नेपाल फेस्टिबल मेलबर्नमा प्रस्तुति दिँदा ?

हरेक गायक, संगीतकार, ब्याण्डको एउटा सपना हुन्छ, ठूलो भीडमा म्यूजिकल कन्सर्ट गर्ने। हो, हामी कन्दरा व्याण्डले पनि त्यो दिन फेडेरेसन स्क्वायरको त्यो आँखाले भ्याउँन्जेल भीडमा प्रस्तुति दिन पाएका थियौँ। त्यो सपना पुरा भएकोमा खुशीसँगसँगै अलि भावुक पनि भएको थिए। एनआरएनए भिक्टोरीयाको टिम लगायत नेपाल फेस्टिबलको टिमप्रति त्यो अवसरको लागि ह्दयदेखिनै धन्यवाद दिएँ। समग्रमा सबैप्रति धेरै सकारात्मक अनुभव भएको थियो। 

लेककी हे माया गाउँदा गाउँदै मेल्वर्नकी मायासँग मायाप्रीति भयो , यसको श्रेय नेपाल फेस्टिबल  मेलबर्नलाई दिनुहुन्छ ?

पक्कै पनि यसको श्रेय नेपाल फेस्टिबल लगायत एनआरएनए भिक्टोरीयाको टिमलाई जान्छ। फेरिपनि धन्यवाद भन्न चाहन्छु ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]