जम्मुकश्मीरमा विद्रोहीको आक्रमणमा परी तीन भारतीय सुरक्षाकर्मीको मृत्यु


ANI

साउन २६, नयाँ दिल्ली । जम्मु र कश्मीरमा भएको आक्रमणमा भारतीय सिपाहीको मृत्यु भएको छ। विद्रोहीको हमलामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ।

जम्मु र कश्मीरको रजौरीमा विद्रोहीको हमलामा तीन सैनिकको मृत्यु भएको जनाइएको छ। उक्त हमलामा दुई सैनिक घाइते भएका जनाइएको छ। विद्रोहीतर्फ भएको क्षतिबारे केही खुलाइएको छैन्।

घटनास्थलमा थप सुरक्षा फौज परिचालन गरिएको प्राप्त विवरणमा जनाइएको छ। भारत प्रशासित काश्मीरमा विखन्डनकारी समूह र सुरक्षा फौजबीज बारम्बार झडप हुने गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]