एन्फा कार्यसमिति बैठक आज बस्दै


साउन २६, काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज बस्दैछ।

बैठक आज विहान १० बजेबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुने एन्फाले जनाएको छ। यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

आजको बैठकमा यस अघिका १८ र थप गरिएका ४ नयाँ एजेन्डामा छलफल हुने जनाइएको छ। एन्फाका केन्द्रिय सदस्य पेमा लामाले माग गरेको ४ एजेन्डा थपिएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]