आज कति पुग्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?


साउन २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ८८ पैसा रहेको छ। बुधबारको तुलनामा आज अष्ट्रेलियन डलरको भाउ २८ पैसाले घटेको छ।

यस्तै डलरको खरिद दर १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ९२ पैसा र बिक्री दर १३० रुपैयाँ ५४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४८ पैसा र बिक्री दर १५४ रुपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५७ पैसा र बिक्री दर ३४ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]