ब्रेकमा समस्या देखिएपछि जनरल मोटर्सले फिर्ता बोलायो १४ हजार गाडी


साउन २५, मेलबर्न अष्ट्रेलिया । गाडीको ब्रेक बूस्टर फेल हुन सक्ने डरले जनरल मोटर्सले करिब १४ हजार होल्डन जेडबी कमोडोरहरू फिर्ता बोलाएको छ। जेडबी कमोडोरहरू होल्डनको प्रतिष्ठित नेमप्लेटको अन्तिम उत्पादन थिए। यी अष्ट्रेलियामा नबनाइएको भएता पनि आयात गरिएको थियो।

कम्पनीले फिर्ता बोलाएपछि अष्ट्रेलियामा रहेका १३ हजार ८९८ वटा कारहरू प्रभावित हुने भएका छन्। ती कार सन् २०१७ देखि २०२० को बीचमा ल्याइएको थियो।

यदि जेडबी कमोडोरको ब्रेक बूस्टर असफल भयो भने यसले गाडीमा सवार वा अन्य सडक प्रयोगकर्ताहरूलाई गम्भीर चोटपटक वा मृत्यु निम्त्याउने दुर्घटनाको जोखिम बढाउन सक्ने बताइएको छ।

प्रभावित सवारी साधनका मालिकहरूलाई जनरल मोटर्स अष्ट्रेलिया र न्युजिल्यान्डले सम्पर्क गर्नेछ। त्यस्तै, उनीहरूलाई इलेक्ट्रोनिक ब्रेक कन्ट्रोल मोड्युल ९भ्द्यऋः० सफ्टवेयर निस्शुल्क अद्यावधिक गर्न स्थानीय डिलरमा सम्पर्क गर्न भनिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]