क्विन्सल्याण्डको समुद्री तटमा घुमेका कुकुरहरू मर्न थालेपछि उच्च सतर्कता अपनाउन अनुरोध


Photo Credit : PetStock

साउन २५, मेलबर्न अष्ट्रेलिया । सनसाइन कोस्टका घरपालुवा जनावर मालिकहरूलाई स्थानीय समुद्र तटहरू भ्रमण गरेपछि रहस्यमय कुकुरको मृत्युको कारण उच्च सतर्कतामा राखिएको छ।

बुडिना बीच क्षेत्रमा गएर कम्तीमा पाँचवटा कुकुरमा विषाक्तताको लक्षण देखिएको स्थानीय पशु चिकित्सकबाट रिपोर्ट आएको द सनसाइन कोस्ट काउन्सिलले पुष्टि गरेको छ।

नर्थ कोस्ट भेटेरिनरी इमर्जेन्सी एण्ड क्रिटिकल केयरले बासिन्दाहरूलाई बुडिना, मिन्यामा, पीटी कार्टराइट र ला बाल्साका क्षेत्रहरू वरिपरि घरपालुवा जनावरहरू हिंड्दा ‘सावधानी अपनाउन’ चेतावनी दिएको छ।

उक्त क्षेत्रमा घुमेका कुकुरहरूमा ग्यास्ट्रोइंटेस्टाइनल अपसेट, सास फेर्न समस्या हुने, सुस्तता वा अन्य कुनै प्रकारको परिवर्तन हुने लक्षणहरू देखिएको बताइएको छ।

एक व्यक्तिले आफ्नो छ महिनाको कुकुर बुधवार कावाना बिच भ्रमण गरेपछि बिरामी परेको दाबी गरेका छन्। बुडेरिम कुकुर डे-केयर सेन्टर, डग्गी एडभेन्चर प्लेहाउसले पनि आइतबार बुडिनामा कुकर गएपछि विषाक्तताको शिकार भएको र सोमबार बिहान मरेको सार्वजनिक गरेको छ।

सनसाइन कोस्ट काउन्सिलले घरपालुवा जनावर मालिकहरूलाई आफ्ना कुकुरहरूलाई पट्टा क्षेत्रहरूमा हुँदा सधैं दृष्टिमा राख्न अनुरोध गरेको छ। यो घटना के कारणले भइरहेको छ भनेर काउन्सिलले अनसन्धान सुरू गरिसकेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]