इजरायली सेनाको हमलामा दुई प्यालेस्टाइनीको मृत्यु


Photo credit: AFP

साउन २५, एजेन्सी । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एउटा घरमा छापा मार्ने क्रममा एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको छ।

गाजाको तटीय क्षेत्रमा इजरायल र इस्लामिक जिहाद लडाकुबीचको घातक लडाइँ युद्धविरामद्वारा रोकिएको दुई दिनपछि पछिल्लो हिंसा भएको हो।

नाब्लसको पुरानो सहरमा प्यालेस्टिनी र इजरायली सुरक्षा बलबीच गोली हानाहान गरेका छन्। गोली हानाहानमा ४० प्यालेस्टिनी घाइते भएका छन्। तीमध्ये चार जनाको अवस्था गम्भीर छ।

‘आतंकवादी इब्राहिम अल–नाबुलसी नाब्लस शहरमा मारिएको थिए’ इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]