अचानोले हानेर श्रीमानको हत्या, श्रीमती पक्राउ


साउन २४, चितवन । चितवनमा श्रीमतीले अचानोले टाउकोमा हान्दा श्रीमानको मृत्यु भएको छ। घरायसी विवादमा भरतपुर महानगरपालिका(२१ बस्ने ५४ वर्षीय बिनमाया विकले श्रीमान टीकाराम विकलाई अचानोले हानेकी थिइन्।

टाउकोमा गम्भीर चोट लागेर अत्याधिक रक्तस्रावका कारण टीकारामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए।

ढोकाको चुकुल फुटाएर हेर्दा विक खुट्टाले भुइँमा टेकी टाउको र जीउको भाग खाटमा घोप्टो परेको अवस्थामा भेटिएको डीएसपी अधिकारीले बताए। मृतककी श्रीमती बिनमायालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको उनले बताए। मृतकको शव पोस्टमर्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]