पर्यटन प्रवर्द्धनका लागि दैलेखमा टिकटक प्रतियोगिता, उत्कृष्टलाई पुरस्कार


साउन २४, सुर्खेत । सिक्ने अभियानद्वारा संचालित प्रोजेक्ट ठुट्टेले दैलेखमा टिकटक प्रतियोगितको आयोजना गरेको छ। धार्मिक तथा पर्यटकीय रुपमा महत्वपुर्ण मानिने दैलेखको महाबुको उत्कृष्ट टिकटक बनाएर पर्यटन प्रवर्द्धनका लागि आयोजना गरेको हो।

धार्मिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिने महाबुको उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई आर्कषक पुरस्कारको समेत व्यवस्था गरेको प्रोजेक्ट ठुट्टेले जनाएको छ। टिकटक प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले टिकटक भिडियो पोष्ट गर्दा चारवटा हयाचटयाग महाबु अन टिकटक, प्रोजेक्ट ठुट्टे, एक्सपोलोर महाबु दैलेख अनिवार्य राख्नुपर्ने छ।

नियम पूरा गरि पोष्ट भएको एक उत्कृष्ट भिडियो बनाउनेले तीन हजार तीन सय रुपैयाँ नगद, प्रोजेक्ट ठुट्टेको आकर्षक क्याप, विजेताको फोटो (फ्रेमसहित) पाउने आयोजकले जनाएको छ। भदौ २० गतेसम्म प्राप्त हुने भ्युज र लाइकको आधारमा विजेता घोषणा हुनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]