बच्चालाई भोड्का खुवाउने दम्पती पक्राउ


साउन २०, एजेन्सी बेलायतका एक दम्पतीले बच्चालाई भोड्का खुवाएको देखाएको भिडियो सार्वजनिक भएपछि बाल दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।

प्रहरीले उक्त घटनामा संलग्नलाई कानुनी उपचार गर्नका लागि एक महिला र पुरूषलाई पक्राउ गरिएको जानकारी दिएको छ।

फेसबुकमा भाइरल भएको क्लिपमा बच्चाकी आमा भनी विश्वास गरिएकी महिलाले बसिरहेको बच्चाको अगाडी बोतलबाट भोड्का जस्तो देखिने पदार्थ खन्याएको देख्न सकिन्छ।

त्यसपछि उनले अचम्मका साथ बच्चालाई दिन्छिन् र बच्चाको टाउको पछाडि झुकाउँछिन्। बच्चालाई भोड्का खोकीको सिरप जस्तै गरि खुवाइएको छ।

त्यसैगरी, त्यहाँ भइरहेको स्थितिबारे बेखबर जस्तै भएका एक पुरूष त्यहीँ उभिएको देख्न सकिन्छ। केन्ट काउन्टी काउन्सिलका प्रवक्ताले बाल सेवाहरूलाई अवस्थाबारे सचेत गराइएको दाबी गरेका छन्। प्रहरी अहिले यस घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]