राजनीतिक दलहरुको पारा उस्तै, तीन दलको बैठक निष्कर्शविहीन


अवरुद्ध संसद् खुलाउन तथा संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा त्यसको नेतृत्वसहित संविधानसभाले संविधानका विवादित विषयमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई १४ गतेभित्र सहमति जुटाउन दिएको म्यादभित्र सहमति बनाउने प्रयास स्वरुप प्रमुख दलहरुबीच छलफल भएको हो । बैठकपछि नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले सहमतिको प्रयासका लागि प्रमुख दलहरुबीचको छलफल गम्भीर तर सकारात्मक ढङ्गले अघि बढेको बताउनुभयो । उहाँले संवैधानिक राजनीतिक संवाद समितिले सहमति जुटाउनुपर्ने भोलिको समयसीमालाई हेरेर आजै पुनः छलफल थालिने बताउँदै बैठक एउटा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । एनेकपा (माओवादी)का नेता नारायणकाजी श्रेष्ठले प्रमुख सत्तारुढ दलहरु संसद् खुलाउन र संविधान निर्माणका विषयमा सहमति जुटाउन गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले आफू बाहिर जानु छ भनेर हिँड्नुभएको र पर्सिसम्म आउँछु भन्नुभएको जानकारी दिँदै प्रमुख सत्तारुढ दल सहमति निर्माणका लागि गम्भीर हुनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]