अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म उनको कुरा सुन्दैनौं : योगेश भट्टराई


सार २२, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्जन शर्मालाई तत्काल राजीनामा गर्न लगाउनु पर्ने वा बर्खास्ती गर्नु पर्ने बताएका छन्। अर्थमन्त्री रहेकै अवस्थमा उनीमाथि समितिले छानबिन गर्न नसक्ने बताएका छन्।

संसद बैठकमा नेता भट्टराईले छानबिन समितिले उनीमाथि अब छानबिन गर्ने नभएर उनले गरेको हरकतमाथि छानबिन गर्ने बताए। उनले फौजदारी अपराध गरिसकेको र उनीमाथि भन्दा पनि उनको अपराधमाछि छानबिन हुने उनको भनाइ छ।

उनले भने, ‘यसकारण पहिला अर्थमन्त्रीबाट राजीनामा दिनुहोस्। अर्थमन्त्रीको हैसियतको पदमा संसदमा अब बोल्न पाउँदैनन्। सांसदको हैसियतले मात्रै बोल्ने हो। उनकै कारण अर्थमन्त्रालय दिशाविहीन भयो। अर्थसचिब उहाँकै कारण बिदामा बस्नु भएको छ। छानबिन समितिले अब उहाँसँग बयान लिन्छ।’

अर्थमन्त्रीको हैसियतले संसदमा बोल्न नपाउने उनको भनाइ छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]