महिला युरो च्याम्पियनसिप आजबाट


असार २२, एजेन्सी । यूईएफए महिला युरोपियन च्याम्पियनसिप २०२२ बुधबारबाट इंग्ल्यान्डमा सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्यान्डले अष्ट्रियाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे म्यान्चेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सुरु हुनेछ।

चार समूहमा विभाजित प्रतियोगितामा १६ राष्ट्रको सहभागिता छ। समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रिया, नर्वे र नर्दन आयरल्यान्ड छन्। यस्तै समूह ‘बी’मा स्पेन, जर्मनी, डेनमार्क र फिनल्यान्ड छन्। यता, समूह ‘सी’ मा स्विडेन, नेदरल्यान्ड, पोर्चुगल र स्विट्जरल्यान्ड छन्। समूह ‘डी मा फ्रान्स, इटाली, बेल्जियम र आइसल्यान्ड छन्।

प्रतियोगिताको उपाधि दावेदारको रुपमा नेदरल्यान्ड, घरेलु टोली इंग्ल्यान्ड र फ्रान्सलाई हेरिएको छ । फाइनल खेल ३१ जुलाईमा हुनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]