पीएसजीका प्रशिक्षक पोचेटिनो बर्खास्त


getty-images

असार २१, काठमाडौँ । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) ले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो १८ महिनामै बर्खास्त गरेको छ।

पीएसजीले मंगलबार ५० वर्षीय अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोलाई बर्खास्त गरेको जनाएको हो। पोचेटिनो सन् २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

पोचेटिनो प्रशिक्षणमा पीएसजीले सन् २०२० को ट्रफी डेस च्याम्पियन्स, २०२०–२१ को कप डे फ्रान्स र फ्रेन्च लिग वानको उपाधि जितेको थियो। पोचेटिनोको १८ महिने कार्यकालमा पीएसजीले ८४ खेल खेलेको थियो।

यूईएफए च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाएको पीएसजी गएको सिजन पनि अन्तिम १६ बाटै बाहिरिएपछि मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]