अश्लिल शीर्षक राखी भिडियो बनाउने युट्युबर पक्राउ


photo credit: Routine of Nepal banda

असार २१, काठमाडौँ । नेपाल प्रहरीले एक जना युट्युबरलाई पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्यूरोले युट्युबमा अश्लील शीर्षक राखेर भिडियो अपलोड गरेको आरोपमा नुवाकोट बेलकोटगढी–७ का २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो।

काठमाडौंको बौद्धमा बस्दै उनले ४ रियल टिभी नामक युट्युब च्यानल खोली अश्लीलता फैलाउने खालका सामग्री राखेको प्रहरीको भनाइ छ। लामालाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]