अष्ट्रेलियन टेनिस स्टारलाई लाग्यो पूर्व प्रेमिकामाथि दुर्व्यवहार गरेको आरोप


असार २१, मेलबर्न अष्ट्रेलिय । निक किर्गियोसमाथि आफ्नी पूर्व प्रेमिकालाई दुर्व्यवहार गरेको आरोप लागेको छ। उक्त आरोप लागेपछि अष्ट्रेलियन टेनिस खेलाडी किर्गियोसले अर्को महिना क्यानबेरामा अदालतसामु उपस्थित हुनुपर्ने भएको छ।

यदि दोषी प्रमाणित भएमा किर्गियोसलाई दुई वर्षको जेल सजाय हुन सक्छ। बुधबार विम्बल्डनको क्वार्टरफाइनल खेल्ने तयारीमा रहेका टेनिस स्टारमािथ आफ्नो पूर्व प्रेमीका चियारा पासारीलाई जबरजस्ती समातेको आरोप लागेको छ।

अष्ट्रेलियन क्यापिटल टेरिटोरीको प्रहरीले २०२१ डिसेम्बरमा भएको घटनाका सम्बन्धमा किर्गियोस अगस्ट २ तारिखमा अदालत उपस्थित हुनुपर्ने पुष्टि गरेको छ।

ब्यारिस्टर जेसन मोफेटले क्यानबेरा टाइम्सलाई बताए अनुसार किर्गियोसलाई उक्त आरोपको बारेमा थाहा थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]