मिटरब्याजी साहलाई कार्वाहीको माग गर्दै जिल्ला अदालतअघि प्रदर्शन


असार २१, सप्तरी । मिटर ब्याजी रामदेव साहलाई कारवाही गर्न माग गर्दै पीडितहरूले मंगलबार सप्तरी जिल्ला अदालत आगाडि प्रदर्शन गरेका छन्। मिटरब्याजी साह पीडित संघर्ष समितिको आह्वानमा दोस्रो पटक तीन घण्टादेखि प्रदर्शन गरेको हो।

गाउँगाउँबाट आएका पीडितहरूले र्याली निकालेर नाराबाजी गर्दै बजार परिक्रमा गरेर सप्तरी जिल्ला अदालत आगाडि प्रदर्शन गरिरहेका छन्।

सप्तरीको खडक नगरपालिका-७ घर भई धरान बस्दै आएका साह करोडौं रकम ठगी गरि फरार छन्। अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। यसअघि मिटरब्याजी रामदेव साहलाई पक्राउ गरी कार्वाही गर्न आईतबार अदालत अगाडि प्रदर्शन गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]