माता कालीले चुरोट पिएको पोस्टर सार्वजनिक, हिन्दु धर्मावलम्बी आक्रोशित


असार २१, नयाँ दिल्ली । हिन्दु धर्मालम्बीकी पूज्य देवी काली माताले चुरोट पिएको पोस्टर सार्वजनिक गरिएको छ। भारतीय फिल्ममेकर लीना मनिमेकलाइको नयाँ डकुमेन्ट्री ‘कालि’को पोस्टरका कालिले चुरोट पिएको देख्न सकिन्छ।

उक्त पोस्टर सार्वजनिक भएसँगै विशेषतः भारतीय हिन्दु धर्मावलम्बीहरू रूस्ट भएका छन्। उनीहरूले हिन्दुको आस्थामाथि फिल्मको नाममा आक्रमण गरेको बताएका छन्।

यस पोस्टरमा मा कालीलाई चुरोट पिउँदै गरेको देखाइएको छ। साथै माँ कालीको पहिरनमा कलाकारको एक हातमा त्रिशूल र अर्को हातमा समलिङ्गी (LGBTQ) समुदायको झण्डा देखाइएको छ। यो देखेर सामाजिक सञ्जालका प्रयोगकर्ताहरु निकै आक्रोशित भएका छन् ।

वृत्तचित्र ‘काली’ को पोस्टर देखेर ट्विटरमा प्रयोगकर्ताहरूले लीनालाई गाली गरिरहेका छन्। एक प्रयोगकर्ताले ट्वीटरमा लेखेका छन्, ‘हरेक दिन हिन्दू धर्मको भावनामा चोट लागेको छ । तिनीहरूले हाम्रो धैर्यताको परीक्षा गरिरहेका छन्।’

हिन्दू देवताहरूलाई आपत्तिजनक अवस्थामा देखाइएको यो पहिलो घटना होइन। यसअघि पनि धेरै फिल्ममा यस्ता दृश्यलाई लिएर निकै विवाद भइसकेको छ । जसमा आमिर खानको फिल्म ‘पीके’ पनि समावेश छ। जसमा भगवान शिवको खिल्ली उडाइएको थियो।

यसैबीच, हालै रणबीर कपूर र आलिया भट्टको आगामी फिल्म ‘ब्रह्मास्त्र’ को ट्रेलरमा देखाइएको एउटा दृश्यलाई लिएर विवाद भएको थियो। जसमा फ्यानहरूले अभिनेतालाई मन्दिरमा जुत्ता लगाएको देखाएको आरोप लगाएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]