अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिका कारण तेश्रो लहरको खतरा


असार २१, मेलबर्न अष्ट्रेलिया ।

कति संक्रामक छ BA.4 र BA.5 ?

अष्ट्रेलियामा ठूलो संख्यामा पुष्टि भएको BA.2, BA.1 भन्दा १.४ गुणा बढी संक्रामक थियो। त्यस्तै, पछिल्लो पटक दक्षिण अफ्रिकाले प्रकाशन गरेको एक रिपोर्टका अनुसार BA.4 र 5 ६ गुणा बढी संक्रामक रहेको छ।

BA.4 र 5 भ्याक्सिनविरूद्ध लड्न सक्ने भएका कारण पहिले कोरोना संक्रमण भएकाहरू पनि पुनः संक्रमित हुनसक्ने बताइएको छ। पहिलो पटक कोरोना संक्रमित भएको १२ हप्तापछि पुनः संक्रमित हुनुलाई पुनः संक्रमण भनिएको छ।

अष्ट्रेलिया वरिपरि अहिले BA.4/5 को कारण केसहरूको तेस्रो लहर देखिन थालेका छन्। अहिलेको अवस्थामा नै संक्रमितको संख्या बढ्दै जाँदा हस्पिटलहरूमा चाप बढ्ने देखिएको छ।

तर, BA.1 जति संक्रामक BA.2 नदेखिएका कारण BA.4/5ले ल्याउने तेश्रो लहरको असर अलि कम नै हुने अनुमान पनि अधिकारीहरूले गरिरहेका छन्।

कति घातक छ यो प्रजाति ? भ्याक्सिनले कति काम गर्ला ?

जापानको ल्याबमा गरिएको एक अध्ययनले BA.4/5का कारण संक्रमितहरू सिकिस्त बिरामी पर्ने देखिएको छ। तर, युके र दक्षिण अफ्रिकाका तथ्यांकबाट भने BA.4/5ले सिकिस्त पनि नपार्ने र मृत्युको संभावन पनि न्युन नै रहेको देखाएको छ।

ओमिक्रोनको प्रत्येक नयाँ सबभेरियन्टले यसको पूर्ववर्ती भन्दा खोपबाट प्रतिरोधात्मक क्षमतालाई जोगाउन सक्षम भएको छ। यद्यपि वुहान स्ट्रेनमा आधारित वर्तमान खोपहरूले अझै पनि BA.4/5 विरुद्ध गम्भीर रोग र मृत्यु विरुद्ध केही सुरक्षा प्रदान गर्न सक्षम देखिएका छन्।

अहिले मोडेर्नाले ओमिक्रोनको BA भेरियन्ट कै लागि भ्याक्सिन परीक्षण गरिरहेको छ। उक्त परीक्षणको प्रारम्भिक परिणामहरू धेरै आशाजनक छन् र BA.4/5 विरुद्ध धेरै राम्रो सुरक्षा दिने सम्भावना समेत देखिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]