यौन उत्पीडनको आरोपपछि भारतीय महिला टिमका प्रशिक्षक पदमुक्त


असार २१, काठमाडौँ । भारतीय यु–१७ महिला टोलीका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसमाथि यौन उत्पीडनको आरोप लागेपछि उनलाई पदबाट हटाइएको छ।

सुप्रीम कोर्टद्वारा नियुक्त प्रशासक समिति (सीओए) का सदस्य एसवाई कुरैशीले प्रशिक्षकले यौन उत्पीडन गरेको पुष्टि गरेका छन्। कुरैशीले ट्विट गरेका छन्, ‘यु–१७ महिला टोलीका सहायक प्रशिक्षक एलेक्स एम्ब्रोसलाई यौन उत्पीडन आरोपमा बर्खास्त गरिएको छ। आगामी कारबाही प्रक्रियामा छ।’

यसअघि नै सीओएले ३० जुनमै प्रशिक्षक एलेक्स एम्ब्रोसको पदबाट हटाउन संकेत दिएको थियो। तर, प्रशिक्षकको नाम भने खुलाइएको थिएन। सीओएले बताएको थियो, ‘यु१७ महिला टिममा दुर्व्यवहार भएको जानकारी आएको छ। टिम अहिले युरोप भ्रमणमा छ। अनुशासनको मामिलामा इन्डियन फुटबल शून्य सहिष्णुताको नीति राख्छ। प्रारम्भिक कारबाहीको रूपमा इन्डियन फुटबलले सम्बन्धित व्यक्तिलाई थप अनुसन्धानका लागि अस्थायी रूपमा निलम्बन गरेको छ।’

यसअघि भारतीय खेलकुदमा यौन उत्पीडनको केस बाहिरिएको थियो। एक महिला साइकल खेलाडीले स्लोभेनिया भ्रमणमा प्रशिक्षकले अनुचित वार्तालाप गरेको आरोप लगाएकी थिइन्। यससँगै प्रशिक्षलाई पदबाट बर्खास्त गरिएको थियो। हाल उनको अनुसन्धान चलिरहेको छ। यस्तै, अर्की खेलाडीले समेत विदेश भ्रमणमा आफूलाई प्रशिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।

भारतीय टोली हाल युरोपमा आफ्नो अभ्यासका लागि रहेको छ। भारतले यसै वर्ष ११ मे देखि ३० अक्टोबरसम्म भुवनेश्वरी, गोवा र नावी मुम्बईमा यु–१७ महिला विश्वकप आयोजना गर्दैछ। जहाँ १६ देशको सहभागिता रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]