अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो


Picture: Daily Telegraph / Gaye Gerard

असार २१, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ। यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न भनिएको हो।

पछिल्लो चार दिनमा सिड्नीका केही भागमा करिब ८ महिनाको वर्षा भएको जनाइएको छ।

वर्षाका कारण सडक अवरुद्ध भएको छ, केही घरहरू पानीमा डुबेका छन् भने हजारौं मानिस विद्युतविहीन बनेका छन्। यो वर्ष अस्ट्रेलियामा बाढीका कारण २० जनाको मृत्यु भइसकेको छ। तीमध्ये अधिकांश न्यु साउद वेल्स ९एनएसडब्लू० का छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]