कोरोना भाइरस विरूद्धको भ्याक्सिन नलगाएकाहरू पनि अष्ट्रेलिया जान पाउने


असार २०, मेलबर्न, अष्ट्रेलिया। कोरोना भाइरसविरूद्धको भ्याक्सिन नलगाएका व्यक्तिहरूले पनि अष्ट्रेलियामा प्रवेश गर्न पाउने भएका छन्। स्वास्थ्यमन्त्री मार्क बट्लरले एक विज्ञप्तीमार्फत अष्ट्रेलिया प्रवेश गर्दा कोरोना भाइरस विरूद्धको खोप लगाएको प्रमाण नदेखाउनु पर्ने जानकारी दिएका हुन् ।

यो नियम जुलाइ ६ तारिखदेखि लागु हुने विज्ञप्तीमार्फत जानकारी दिइएको छ।

अष्ट्रेलियाका प्रमुख स्वाथ्य अधिकारीको सुझाव अनुसार बायोसेक्युरिटी याक्ट २०१५ का अनुसार अनिवार्य खोपको प्रावधान हटाइएको हो।

तथापी, यात्रुहरूले एयरलाइन्स तथा अन्य राज्यहरूले कोरोनासँग सम्बन्धित कुनै प्रमाणहरू मागेको अवस्थामा भने देखाउनु पर्नेछ।

यस नियम अन्तर्गत उडानका दाैरान मास्क लगाउने र आन्तरिक उडानका दाैरान अन्य शर्तहरू पालना गर्ने समेत रहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]