बाख्राको खोरमा लगी ५ वर्षीया बालिकाको बलात्कार, आमाले देखेपछि आरोपी फरार


असार १६, खोटाङ । खोटाङमा ५ वर्षीय बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय पक्राउ परेका छन्। बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका १६ वर्षीय पक्राउ परेका हुन्।

उनी बालक नै रहेका कारण नाम नखुलाइएको प्रहरीले जनाएको छ। उनले सोही गाउँकी ५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

बालिका आफ्नै घरमा खेलिरहेका वेला ललाईफकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्ती करणी गरिरहेको अवस्थामा बालिकाकी आमाले देखेपछि बालक फरार भएका थिए।

परिवारले प्रहरीलाई खबर गर्नासाथ गएको बाक्सिला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहीबार बिहान २ बजे राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]