आईसीसी वरियता: दीपेन्द्रको वरियता यथावत्


असार १६, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्डर वरीयता यथावत् रहेको छ।

यसअघि दीपेन्द्र वरियताको नवौं स्थान थिए। यसपटक समेत सोही रहेको छ। यो दीपेन्द्रको हालसम्मकै उच्च वरियता हो। बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ४०औँ स्थानमा छन्। अविनास बोहरा ९३औँ स्थानमा झरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]