अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या १ लाख २२ हजार बढी, न्यु साउथ वेल्स मै बस्छन् ६४ हजार


असार १४, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा बसोबास गर्ने नेपाली मुलका व्यक्तिहरूको आधाकारिक विवरण सार्वजनिक भएको छ। सन् २०२१ मा गरिएको जनगणनामार्फत नेपालमा जन्मिएर अष्ट्रेलियामा बसोबार गरिरहेका व्यक्तिहरूको आधिकारिक संख्या सार्वजनिक भएको हो।

अस्ट्रेलिया सरकारले हरेक ५ वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ।  सन् २०१६ को जनगणनामा करिब ५५ हजारको हाराहारीमा रहेका नेपालीको संख्या ५ वर्षको अन्तरमा दोब्बर बढी भएको हो। 

२०२१ मा गरिएको गणनाको विवरण अनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको संख्या १ लाख २२ हजार ५०६ पुगेको छ। यो मध्ये सबैभन्दा धेरै न्यु साउथ वेल्समा बसिरहेको पाइएको छ। त्यहाँ ६४ हजार ९४६ जना नेपाली रहेका छन्।

यो जनसंख्या न्यु साउथ वेल्सको जम्मा संख्याको ०.८ प्रतिशत हो।

त्यसैगरी, न्यु साउथ वेल्स पछि भिक्टोरियामा नेपालीहरूको बसोबास उच्च रहेको छ। त्यहाँ २० हजार १५४ जना नेपाली बसिरहेको पछिल्लो गणनाले देखाएको छ।

पछिल्लो तथ्याङ्क अनुसार क्विन्सल्याण्डमा १० हजार ८०६, तास्मानियामा ६ हजार २१९, एसिटीमा ५ हजार ६८९, साउथ अष्ट्रेलियामा ७ हजार २५०, वेस्टर्न अष्ट्रेलियामा ४ हजार ४४८ नर्थन टेरिटोरीमा २ हजार ९९४ जना नेपाली अष्ट्रेलियामा बसिरहेको पाइएको छ।

अष्ट्रेलियाको जम्मा जनसंख्याको ०.५ प्रतिशत हिस्सा नेपालमा जन्मिएर अष्ट्र्रेलिया बसिरहेका नेपालीहरूले ओगटेको समेत सार्वजनिक भएको छ। अष्ट्रेलियामा पहिलो पटक ५० प्रतिशतभन्दा बढी बासिन्दा विदेशमा जन्मेका वा आप्रवासी रहेको तथ्याङ्क सार्वजनिक भएको छ।

अष्ट्र्रेलियामा बसोबास गर्ने आप्रवासीहरूमध्ये सबैभन्दा धेरै भारतमा रहेका छन्। भारतले भारतले चीन र न्यूजील्याण्डलाई पछि पारेको छ। २०१६ देखि २०२१ को बीचमा अष्ट्रेलियाको जनसंख्या ८.६ प्रतिशतले वृद्धि भएको छ। जुन २२.२ मिलियन हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]