भारी वर्षाले भूकम्प पीडितको उद्दारमा कठिनाई


(Source:Twitter/@BakhtarNA)

असार ९, काबुल । काबुल–अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ। ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा भत्किएका भग्नावेशमा मानिस पुरिएको आशंका गरिएको छ । भूकम्पमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

अफगानिस्तानको स्वास्थ्य प्रणाली विपद् अगाडि नै ुकोल्याप्सुको अवस्थामा पुगेको थियो। भूकम्प पीडितको उद्दार र राहतका लागि तालिबानले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ। वर्षापछिको बाढीले सडक प्रभावित भएको छ।

‘हामी प्रभावित क्षेत्रमा राम्रोसँग पुग्न सकेका छैनौँ। नेटवर्कहरू धेरै कमजोर छन्’ एक तालिबान प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]