अष्ट्रेलियामा सामसुङलाई १४ मिलियन डलर जरिवाना


असार ९, मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा सामसुङले १४ मिलियन डलर जरिबाना तिर्नु पर्ने भएको छ। अष्ट्रेलियाको उपभोक्त हीत सम्बन्धि निकायले सामसुङमाथि नेपाली १ अर्बभन्दा बढी रकम जरिवाना तिराउन आदेश दिएको हो।

सामसुङले अष्ट्रेलियाको बजारमा केही मोबाइलहरू पानीमा प्रयोग गर्दा समेत नबिग्रिने भन्दै प्रचार गरेर बिक्री गरेको थियो। तर, ती मोबाइलहरू पानीमा प्रयोग गर्दा खराबी देखिएपछि उपभोक्तालाई गलत सुचना दिएको भन्दै सामसुङले उक्त जरिवाना तिर्नु परेको हो।

सामसुङले अष्ट्रेलियामा गलत सुचना दिएर उपभोक्तालाई झुक्याएर ग्यालेक्सी फोन बेचेको स्वीकार गरेको अष्ट्रेलियन कम्पिटिसन एण्ड कन्ज्युमर कमिसन (एसिसिसी)ले बताएको छ।

सन् २०१६ देखि २०१८ मा सामसुङले सामाजिक सञ्जालमार्फत विज्ञापन गरी ग्यालेक्सी फोनहरू पुल र समुद्रमा समेत चलाउन सकिने बताएको थियो।

स्मार्टफोनहरूले राम्रोसँग काम नगरेको वा पानीमा परेपछि पूर्ण रूपमा काम गर्न छोडेका लगायत उजुरीहरू एसिसिसीमा परेका छन्। एसिसिसीका अध्यक्ष जिना क्यास गोटिलेबका अनुसार सामसुङले यसरी भ्रामक सुचनाको सहायतामा ठूलो संख्यामा ग्यालेक्सी फोनहरू बिक्री गरेको थियो।

फोन भिजेपछि बिग्रिएका व्यक्तिहरूलाई सामसुङ अष्ट्रेलियामा सम्पर्क गर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]