प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छन् सम्भावित कार्यसूची


असार ९, काठमाडौँ । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७–२०७८’ पेश गर्ने सम्भावित कार्यसूची छ।

यस्तै आजकै बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नीति अनुष्ठान प्रतिष्ठान विधयेक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै आजको बैठकमा प्रधानमन्त्री देउवाले ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदले जानकारी दिएको छ।

बिहीवार दिउँसो बस्ने बैठकमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता’ पेश गर्नेछन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]