सिड्नीमा क्यासिनो सञ्चालनका लागि क्राउनले पायो अनुमति


असार ८ मेलबर्न अष्ट्रेलिया । सिड्नीमा क्यासिनो सञ्चालनका लागि अनुमति दिइएको छ। क्राउनलाई गेमिङ इजाजतपत्र लिन अयोग्य ठहरिएको १६ महिनापछि सिड्नीमा आफ्नो बारांगारु क्यासिनो खोल्न स्वीकृति दिइएको हो।

न्यु साउथ वेल्सको लिक्वेर एण्ड गेमिङ अथोरिटीले यो क्यासिनोको लाइसेन्स १८ महिनाका लागि परीक्षणका लागि रहने बताएको छ।

उक्त अथोरिटीका अध्यक्ष फिलिप क्रफोर्डले कम्पनीले आफ्नो गेमिङ मोडेल पुन निर्माण गरेको थियो तर नियामकले क्यासिनो सञ्चालनलाई नजिकबाट अनुगमन गर्ने चेतावनी दिएका छन्।

सन् २०२० मा बारांगारुको लागि क्यासिनोमा गरिएको अनुगमनपछि अयोग्य ठहरिएका कारण लाइसेन्स रद्द गरिएको थियो। अहिले स्वीकृति अमेरिकी निजी इक्विटी समूह ब्ल्याकस्टोनले क्राउनको ८.९ बिलियन टेकओभर सेटल गर्नु अघि आएको हो।

गत वर्ष, क्राउनले क्यासिनो खोल्नको लागि एलजीएसँग सुपरिवेक्षण शुल्क तिर्ने, अन्तर्राष्ट्रिय जङ्केट साझेदारी बन्द गर्ने, नगदरहित गेमिङ मोडेल अपनाउने र घरभित्रको धुम्रपानलाई चरणबद्ध गर्ने लगायतका धेरै प्रतिबद्धताहरूमा सहमति जनाएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]