आफ्नै विद्यार्थीलाई यौन दुर्वहार गरेको आरोपमा अष्ट्रेलियाका चर्चित पौडी प्रशिक्षक पक्राउ


असार ८, मेलबर्न अष्ट्रेलिया । यौन दुर्व्यहारको आरोपमा चर्चित पौडी प्रशिक्षक पक्राउ परेका छन्। बुधबार बिहान सिड्नीको कोन्डेल पार्कस्थित आफ्नै घरबाट ७८ वर्षीय डिक केन पक्राउ परेका हुन्।

प्रहरीले पक्राउ गरी उनलार्इ ब्यांकस्टाउनको प्रहरी स्टेशनमा लगेको छ। त्यहाँ उनीमाथि ९ वटा यौन दुर्व्यवहारको उजुरी परेको छ। सन् १९७० मा उनले सिड्नीको क्रस पार्कस्थित पौडी पोखरीमा २ बालिकामाथि यौन दुर्वयहार गरेको आरोप लागेको छ।

गत जनवरीमा एक युवतीले सन् १९७०मा पौडी पोखरीमा पौडी सिक्ने क्रममा यौन दुर्व्यहारको शिकार भएको भन्दै उजुरी दर्ता गराएकी हुन्।

न्यु साउथ वेल्स प्रहरीका कार्यवाहक सुपरिटेन्डेन्ट क्रिस निकोलसनका अनुसार अपराधको समयमा युवतीहरू १६ र १७ वर्षका थिए। उनले कथित दुर्व्यवहारहरू दक्षिणी सिड्नी क्षेत्र र वरपर धेरै स्थानहरूमा भएको बताए।

आरोपितको जमानत अस्वीकार गरिएको छ भने आज अदालतमा उपस्थित हुनेछन्।

प्रहरी सहायक सुपरिटेन्डेन्ट निकोलसले पिडीत युवतीहरूको बहादुरीका कारण यस्तो अपराध सार्वजनिक भएको र पीडक दण्डित हुने अवस्थामा आएको बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]