रोहिणी खोला बस दुर्घटना: घाइतेको यसरी हुँदैछ उपचार (फोटो फिचर)

जेठ २२, रुपन्देही । रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा घाइते यात्रुको भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ। दुर्घटनामा एक महिलासहित ९ जनाको मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए।






