सीमांकन गरेर मात्र मधेशवादी आन्दोलन मत्थर हुने भट्टराईको भनाई


baburamपूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराईले मधेशवादी दलहरुले प्रदेशको सीमांकनमा चित्त नबुझेर साँढे चार महिनादेखि आन्दोलन गरिरहेकाले सीमांकन टुंग्याएर जानु नै बढी बुद्धिमानी हुने बताउनुभएको छ ।
सरकारले प्रदेशको सीमांकन तीन महिनाभित्र टुंग्याउने गरी राजनीतिक समिति गठनको प्रस्ताव अगाडि सारिरहेकामा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. भट्टराईले भने सीमांकनका विषयमा ८ वर्षदेखि निरन्तर छलफल भएकाले थाँती राख्नुभन्दा अहिले नै निर्णय गर्नु उपयुक्त हुने बताउनुभयो । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. भट्टराईले शनिबार ललितपुरको सानेपास्थित आफ्नै निवासमा संचारकर्मीहरुसँगको साक्षात्कारमा झगडाको सानो बीउले पनि पछि ठूलो रुप लिन सक्ने भएकाले प्रमुख दल र आन्दोलनकारी दल सीमांकनका विषयमा अहिले नै निष्कर्षमा पुग्दा मुलुकको हित हुने बताउनुभयो । उहाँले सीमांकनको विषयमा सहमतिमा पुग्न आवश्यक परे नागरिक समाजका अगुवालाई पनि दलीय वार्तामा सहभागी गराइनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. भट्टराईले प्रमुख दलका नेताहरु गम्भिर र इमान्दारपूर्वक वार्तामा वसे सीमंकनमा सहमति धेरै टाढा नरहेको बताउनुभयो । कैलाली कञ्चनपुरको थारु वहुल क्षेत्र तथा मोरङ र सुनसरीका केही भूभागमा मात्र विवाद् रहेकाले सहमति खोज्न कठिन नरहेको उहाँको भनाइ छ । उहाँले आफूले हतार गरेर नयाँ पार्टी घोषणा नगर्ने बताउनुभयो । उहाँले सबैले भरोसा गर्ने खालको पार्टी बनाउने प्रयासस्वरुप अहिले विभिन्न पक्षसँग छलफल भइरहेको भन्दै आफू हतारमा निर्णय गरेर पछुताउने पक्षमा नरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]