१७ औं गोर्खा नेप्लीज कम्युनिटी फुटबल लिगमा ९ अंकका साथ माछापुच्छ्रे क्लब अगाडी


gorkhaगत नोभेम्बरको पहिलो साताबाट सुरु भएको १७ औं गोर्खा नेप्लीज कम्युनिटी एभरेष्ट कम्युनिकेशन्स फुटबल लिगका खेलहरु जारी रहँदा डिफेन्डिंग च्याम्पियन माछापुच्छ्रे फुटबल क्लब ९ अंकका साथ पहिलो स्थानमा रहेको छ । त्यस्तै सेन्ट जर्ज नेप्लीज क्लब ७ अंकका साथ दोश्रोमा रहेको छ । द राईजिंग गोर्खाज ७ अंकका साथै तेश्रो स्थानमा रहेको छ । ७ अंक नै दुबै टिमको भए पनि गोलका आधारमा द राईजिंग गोर्खाभन्दा सेन्ट जर्ज नेप्लीज क्लब अगाडि भएको हो । प्रतियोगितामा माछापुच्छ्रे फुटबल क्लब, लालीगराँस फुटबल क्लब, ग्रानभिल राईनो फुटबल क्लब, सेन्ट जर्ज फ्रेण्डस फुटबल क्लब, द राईजिंग गोर्खाज, वेष्ट युनाईटेड फुटबल क्लब, हिमालयन फुटबल क्लब, सगरमाथा फुटबल क्लब सहित नवप्रवेशी सेन्ट जर्ज नेप्लीज क्लब, सिम्रिक फुटबल क्लबले सहभागिता जनाएका छन् । करिब ६ महिना चल्ने यो प्रतियोगिताको नतिजा राउन्ड रोविन लिगका आधारमा तय गरिनेछ । प्रतियोगिता अन्तर्गत आज सिम्रिक फुटबल क्लब र हिमालयन युथ क्लब, द राईजिंग फुटबल क्लब र सेन्ट जर्ज नेप्लीज क्लबबीच तथा ग्रानभिल राईनो र वेष्ट युनाईटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन् भने जनवरी १० बाट भेट्रान्स फुटबल लिग सुरु हुनेछ । जसमा ६ टिमको सहभागिता रहेको छ । भेट्रान्सतर्फ माछापुच्छ्रे फुटबल क्लब, सेन्ट जर्ज फुटबल क्लब, पारा पार्क फुटबल क्लब, लालीगराँस फुटबल क्लब, हिमालय फुटबल क्लब र सेन्ट जर्ज फ्रेण्डस फुटबल क्लब प्रतिस्पर्धामा छन् । अष्ट्रेलियामा नेपाली फुटबल प्रतियोगिताको इतिहासमा सबैभन्दा पुरानो मानिने यो प्रतियोगिताको सत्रौं संस्करण हो । खेलको माध्यमबाट समूदायको सेवामा लागेको गोर्खाज नेप्लीज कम्युनिटीको आयोजनामा भइरहेको यस प्रतियोगिताको निर्देशक राजु मानन्धर रहनुभएको छ । संस्थाका अध्यक्ष टंक गुरुंग र उपाध्यक्ष देव गुरुंगले प्रतियोगितामा खेलाडी, दर्शक र नेपाली समूदायका सदस्यहरुको सहयोगी व्यवहार अत्यन्तै खुशीको कुरा भएको बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]