अष्ट्रेलियाले स्वागत गरेको नयाँ वर्षमा यस्ता दृश्य देखिए


new year drunkनयाँ वर्ष २०१६ को भव्यतापूर्वक विश्वभरि स्वागत गरिएको छ । अष्ट्रेलियामा पनि नयाँ वर्षको स्वागतमा विशेष आतिशबाजी गरिएको थियो । हरेक वर्ष आयोजना हुने आतिशबाजीको सिड्नीमा मात्रै १६ लाखले प्रत्यक्ष अवलोकन गरेका थिए । नयाँवर्षको पूर्वसन्ध्यामा आयोजना गरिएको यो विशेष कार्यक्रममा सहभागी हुनका लागि दुई दिन अघिदेखि नै मानिसहरु विभिन्न ठाउँमा टेन्ट गाडेर बसेका थिए भने कतिपयले आकाशबाट हेलिकोप्टरमा, कतिपयले समुद्रबाट पानीजहाजमा पनि नयाँ वर्षको स्वागत गरेका छन् । औपचारिक कार्यक्रम सकिएपछिका केही तथ्यहरु
१. सिड्नीमा नयाँ वर्षको स्वागतसँगै गरिएको आतिशबाजीपछि जब दर्शकहरु फर्किन थाले यसपछि सफार्य कर्मचारीले ६० टन फोहर सफा गर्नुपरेको थियो ।
२. कुनै अप्रिय घटना नभईकन यतिधेरै मानिसलाई ओहोरदोहोर गराउन सिड्नी मेट्रोले विशेष व्यवस्थापन गरेको थियो ।
३. नयाँ वर्षको स्वागतमा आयोजना गरिएको विशेष कार्यक्रमस्थल वरपरबाट ३० जनालाई पक्राउ गरियो जसमध्ये आधाभन्दा बढी लागू औषध प्रयोगकर्ता थिए ।
४. अत्यधिक मदिरा सेवनका कारण सशक्त बनेका २ हजार मानिसलाई पारामेडिक्सहरुले उपचार गरेका थिए ।
५. सिड्नीको आतिशबाजीमा मात्रै ७ मिलियन डलर खर्च भएको थियो ।
६. यो आतिशबाजी हेर्नका निम्ति केही मानिसहरु करिब २ दिनअघि देखि नै डेरा जमाएर म्याकमाहन्स प्वाईन्टमा बसेका देखिन्थे ।
७. मेलबर्नमा ५ लाख मानिसहरुले यारा नदी किनारामा रहेर आतिशबाजी अवलोकन गरेका थिए ।
८. मेलबर्नमा आतिशबाजी हेरिरहेका २ जना लड्दा घाइते भएका छन् ।
९. ब्रिसबेनमा ३० हजारभन्दा बढी पटाका पड्काइएको थियो ।
१०. पर्थमा पर्थ चिडियाखनामा पुगेर मानिसहरुले नयाँ वर्षलाई स्वागत गरे । जहाँ करिब ४५ सय दर्शक पुगेको तथ्यांक छ । पर्थको नयाँ वर्षको पूर्वसन्ध्याको रात शान्तिपूर्ण भएपनि केही झगडा परेका र चक्कु प्रहार गरिएका घटना पनि भएका थिए ।
११. पर्थमा एकजना व्यक्ति झाडीमा सुत्न खोज्दा सर्पले टोकेर अस्पतालमा भर्ना गरिएको छ । अहिले स्थिति स्थीर रहेको बताइएको छ ।
१२. प्रत्यक्ष हेर्नेहरुसँगै टेलिभिजनमा बसेर नयाँ वर्षको स्वागत गर्नेहरुको संख्या लाखौं थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]