त्रियुगा नगरपालिका मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी


जेठ १७, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ। मतगणनाको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन्। उनले १३ हजार ९५९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरे।

यस्तै उपप्रमुखमा एमालेकी महेस्वरी राईले १३ हजार ७०३ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९१८ मत र माओवादी केन्द्रकी गीता खड्काले ६ हजार ५६८ मत प्राप्त गरिन्।

नगरका १६ वडामध्ये कांग्रेस वडा नं १, ३, ४, ५, ८, ९, ११, १२ र १३ मा प्यानलसहित विजयी भयो। एमालेले वडा नं २, ६, ७ र १० वडामा विजय हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले वडा नं १४, १५ र १६ मा विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]