ठाकुर दाहाल भेट संविधान संशोधन प्रक्रियामा सहयोग गर्न अध्यक्ष दाहालको आग्रह


mahanthaतराई–मधेसमा देखिएको आन्दोलन समाधान गर्ने र संविधान संशोधन प्रक्रियाका विषयमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ । बानेश्वरको एक निजी घरमा भएको भेटवार्तामा अध्यक्ष दाहालले संविधान संशोधन प्रक्रियामा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहालले आन्दोलन र सीमामा भइरहेको अवरोध अन्त्य गर्न अनुरोध गर्नुभएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले राससलाई जानकारी दिनुभयो । भेटका अवसरमा तमलोपा अध्यक्ष ठाकुरले आफूहरू वार्ता र संवादका माध्यमबाटै समस्या समाधान होओस् भन्ने पक्षमा रहेको बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]