हिन्दूराष्ट्र कायम गर्न भारतको दबाब : देउवा


नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मधेसको समस्या समाधानका लागि मधेसकेन्द्रित दलसँग काँग्रेसको सकारात्मक कुरा भएकाले जायज मागमा आन्दोलनरत पक्ष पनि गम्भीर बन्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अन्तरिम संविधानबाट पाएका अधिकार राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशी सहभागिता र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने विषयमा कुरा गर्न पार्टी तयार रहेको उहाँले जानकारी दिनुभयो । भारतले हिन्दूराष्ट्र कायम गर्न आफूलाई पटक पटक दबाब दिएको तर धर्मनिरपेक्षता भएपछि केही असन्तुष्ट भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]