काँग्रेस सभापति कोइरालाद्वारा पुनः चुनाव लड्ने सङ्केत


sushilनेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाले आशन्न १३औँ महाधिवेशनमा सभापति पदमा पुनःचुनाव लड्ने सङ्केत गर्नुभएको छ । नेपाली काँग्रेस स्याङ्जाद्वारा ४०औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै सभापति कोइरालाले भन्नुभयो– “म शारीरिक रुपमा कमजोर छैन । जिब्रोको क्यान्सर पनि अहिले ठीक भएको छ । म पूर्ण स्वस्थ्य छु ।” प्रधानमन्त्री र पार्टी सभापति एकै समयमा हुनुपरेकाले सोचेजस्तो पार्टीको काम र सङ्गठन गर्न नसकेको स्वीकार गर्दे उहाँले भन्नुभयो– “अब पार्टी सङ्गठित रुपमा एक ढिक्का बनाएर लैजानेछु ।”
साठी÷४० को भागबन्डाका कारण एउटै पार्टी दुई धारमा विभाजित हुँदा देशभरका लाखाँै कार्यकर्तामा नकारात्मक सन्देश गएकाले १३औँ महाधिवेशनले सबैलाई सङ्गठित गर्ने एकताको महाधिवेशन हुने उहाँको धारणा थियो । नयाँ संविधानको संस्थागत विकास र सफल कार्यान्वयन गर्ने चुनौती पनि काँग्रेसको काँधमा आएको कोइरालाको धारणा थियो । अब काँग्रेसकै अगुवाइमा संविधान संशोधन गरी मधेसका माग सम्बोधन गरिनेछ र मुलुक राजनीतिक स्थिरता र दिगो विकासमा अघि बढ्नेछ, त्यसका लागि सम्पूर्ण पूर्वाधार तयार भएको कोइरालाको भनाइ थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, शशांक कोइराला र बालकृष्ण खाँण, सांसद चन्द्रमोहन यादव, किरण यादव र राजु थापा, पूर्वसांसद मोहन पाण्डे र खगेन्द्रराज रेग्मी, स्याङ्जाका उपसभापति मुक्तिप्रसाद सुवेदी र कार्यालय सचिव दशरथ अर्याललगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]