सन् २०१६ विश्व शान्तिका लागि सफल वर्ष हुन सकोस् : प्रम


oliप्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी नयाँ वर्ष सन् २०१६ विश्व शान्तिका लागि सफल वर्ष हुन सकोस् भनी कामना गर्नुभएको छ । नयाँ वर्षले सबै नेपालीबीचको हार्दिकता र एकतालाई अझै बलियो बनाउँदै संविधानले प्रत्याभूत गरेका अधिकारको व्यवहारमा प्रभावकारी कार्यान्वयन गर्न प्रेरणा प्राप्त हुन सकोस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उहाँले मुलुकमा अहिले देखिएका जटिलता र समस्या समाधान गर्दै मुलुकलाई आर्थिक समृद्धिका दिशामा अघि बढाउन यस वर्षको उपलक्ष्यमा सबैमा आह्वान समेत गर्नुभएको उल्लेख छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]