आपूर्ति व्यवस्थापन पुनःसञ्चालन गर्न राप्रपाको माग


lokendraराष्ट्रिय प्रजातन्त्र पार्टीले मधेसी जनताका जायज मागलाई वार्ताको माध्यमबाट अविलम्ब सम्बोधन गर्न माग गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष लोकेन्द्रबहादुर चन्दले मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण मुलुक तथा जनताले व्यहोर्न परेको समस्यालाई समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा अब कुनै पनि विवाद तथा गुटबन्दी नरहेको प्रस्ट पार्दै आगामी दिनमा पार्टीले देश तथा जनताको सेवालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । यही पुस ११ देखि १३ गतेसम्म बसेको बैठकले महाधिवेशन हुन अब बाँकी रहेको १८ महिनाको समयमा चक्रीय प्रणालीअनुसार पार्टीको नेतृत्व चन्द, राणा र नेता डा प्रकाशचन्द्र लोहनीलाई प्रदान गर्ने निर्णय गरेको थियो । भूकम्पपीडितलाई राहत उपलब्ध गराउन सरकारले बेवास्ता गरिरहेको आरोप पार्टीले लगाएको छ । बैठकले महामन्त्री दीपक बोहराले प्रस्तुत गरेको राजनीतिक कार्यपत्र तथा महामन्त्री बुद्धिमान तामाङले प्रस्तुत गरेको साङ्गठनिक कार्यपत्रमा ७२ पदाधिकारी एवम् सदस्यले गरेको टिप्पणी तथा सुझावलाई समेट्न महामन्त्री बोहराको संयोजकत्वमा दुई समिति र तामाङको संयोजकत्वमा तीन समिति गठन गरेको छ । बैठकले पार्टीका विभिन्न समितिका बैठकलाई नियमित रुपमा सञ्चालन गर्न तथा पार्टी निकट सङ्गठनलाई निश्चित अवधिमा केन्द्रीय अधिवेशन गर्न निर्देशन दिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]