संविधानमा अधिकार समेटिएको गच्छदारको दाबी, आन्दोलनले मुलुकलाई घाटा


??????????????????????????उपप्रधानमन्त्री एवम् मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानमा सबैको अधिकार समेटेको बताउनुभएको छ । यहाँ पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले आफ्नै संविधान आफैँले बनाउने ६५ वर्षदेखिकोे जनताको सपना साकार भएको बताउँदै तराई–मधेसको आन्दोलनले मुलुकलाई ठूलो घाटा भएको र सबैभन्दा बढी मधेसकै जनजीवन तहसनहस भएको छ भन्नुभयो । उहाँले आफ्नो दलले भर्खरै महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिँदै उहाँले पार्टीको सङ्गठनलाई बलियो र विस्तार गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो । दलका जिल्ला अध्यक्ष भक्तिनाथ माझीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय सचिव चन्देश्वर खत्रीले पार्टीको सङ्गठनलाई अझ प्रभावकारी बनाउनुपर्ने विषयमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]