ओली र मोदीबीच फोनमै शुभकामना साटासाट, समय मिलाएर छिटो भारत भ्रमण गर्न मोदीको आग्रह


oli modiप्रधान मन्त्री केपीशर्मा ओली र भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा संवाद भएको छ । करिव २० मिनेट भएको वार्तामा दुबै प्रधानमन्त्रीले अंग्रेजी नयाँबर्ष २०१६ को शुभकामना साटासाट गरेका थिए । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार प्रधानमन्त्रीओलीले मधेसी मोर्चाकामागलाई सम्वोधन गरेर नेपालसरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा प्रधानमन्त्रीमोदीलाई धन्यवाद ज्ञापनगर्नु भयो । नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत उहाँहरुबीच कुराकानीभयो । प्रधानमन्त्रीओलीले आफुले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताउनुभयो ।
प्रधानमन्त्रीओलीले आपूर्ति व्यबस्था सहजनभएकोमाभारतीयप्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्जनाकाबाटआपूर्ति व्यबस्था सहजबनाउन आग्रहगर्नुभयो । जवाफमा प्रधानमन्त्री मोदीले आफु सदैब आपुर्ति व्यबस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसकालागि भारतको तर्फबाटकुनै रोकटोक नभएको बताउनुभयो । भारतका प्रधानमन्त्री मोदीले रक्सौल बीरगन्जनाकाबाहेक सबै नाकाबाट आपूर्तिव्यवस्था सहजभएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्तनाकामा प्रदर्शनगरिरहेका कारण असहज भएको बताउनुभयो । प्रधानमन्त्री मोदीले औषधीको अभाव भएका बेलाआफुले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनिऔषधीआपूर्ति गर्न भनेको स्मरणगर्नुभयो । प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच द्धिपक्षीयहितकाबिषयमा समेत कुराकानीभयो । प्रधानमन्त्रीमोदीले छिटै भारत भ्रमणगर्न दिएको निम्तोलाई प्रधानमन्त्रीओलीले स्विकार गर्नुभयो । छिटै परिस्थितिलाई सहजबनाएर भारत भ्रमणगर्ने प्रधानमन्त्रीओलीले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]