नयाले क्रुज पार्टीमै हाजिरी जवाफ र लक्की ड्र कार्यक्रम गर्ने


Nayaहरेक वर्ष नयाँ वर्षलाई स्वागत गर्न नेपाली अष्ट्रेलियन युथ एशोसिएन नयाले आयोजना गर्दै आएको क्रुज पार्टी यस वर्ष पनि हुने भएको छ । जनवरी २३ तारिका दिन सिड्नीमा आयोजना गरिने नयाँ वर्ष क्रुज पार्टी २०१६ मनोरञ्जनात्मक हुने नयाले जनाएको छ । संस्थाका प्रवक्ता हिरा कँडेलका अनुसार यस पटक जनवरी २३ तारिख शनिबार कार्यक्रम आयोजना गरिनेछ । पूर्ण पारिवारिक र सामाजिक वातावरणमा कार्यक्रम सम्पन्न गर्ने र बालबालिकाहरुको लागि विविध सांस्कृतिक प्रस्तुतिका साथै हाजिरी जवाफ र लक्की ड्र समेत सञ्चालन गर्ने संस्थाले जनाएको छ । ५ घण्टाको क्रुज पार्टीको विशेषता के हुन् त ? भन्ने प्रश्नमा कँडेलले भने, मीठा खाना, विविध मनोरञ्जनात्मक कार्यक्रम र सुन्दर हार्वरको दृश्यावलोकन मुख्य आकर्षण हो । नेपाली समूदायको बृहद सहभागिता रहने हुनाले एकसाथ धेरैजनासँग भेट्ने अवसर पनि यहाँ जुर्नेछ । टिकटको दर ६० र ३० तोकिएको छ । यस कार्यक्रमबाट संकलित रकम नेपालमा बालबालिकाको शिक्षामा लगानी गरिने संस्थाका अध्यक्ष कोमल पाठकले जानकारी दिए । अहिलेका बालबालिका भोलिका कर्णधार हुन् यस कुरामा हामी सचेत छौं । त्यसैले हामीले उनीहरुको शिक्षामा यहाँबाट केही भए पनि सहयोग गर्ने विगतको परम्परालाई निरन्तरता दिएका छौं, पाठकको भनाई छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]