बालेन साह काठमाडौको मेयरमा निर्वाचित, कति पाए मत ?


जेठ १२, काठमाडौँ । काठमाडौ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन्। साहले ६१ हजार ७६७ मत ल्याएर उनी काठमाडौँ महानगरको मेयरमा विजयी भएका हुन्।

उनका निकटम प्रतिस्पर्धी गठबन्धन तथा कांग्रेसकी सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत ल्याइन्। उनीहरुबीचको मतान्तर २३ हजार ४२६ मत छ। एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए।

उपप्रमुमा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भइन्। डंगोलले ६८ हजार ६१२ मत ल्याउँदा उनको निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]