काठमाडौं महानगरको मतगणना सकियो


जेठ १२, काठमाडौं । वैशाख ३० गते सम्पन्‍न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ। काठमाडौं महानगरपालिकाको मतगणना सकिए पनि आधिकारिक घोषणा भने शुक्रबार हुने भएको छ।

बिहीबार साँझ मतगणनाको काम सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। मतपरिणाम सकिएको भएपनि आधिकारिक रूपमा घोषणा भने शुक्रबार मात्रै हुने उनले जानकारी दिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]