सरकारले वार्ताको नाटक मात्रै गरेको उपेन्द्र यादवको आरोप


upendra yadavसङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले २३ पटक वार्ता गरिसके पनि आन्दोलनको मूल मुद्दामाथि बुँदागत हिसाबले एक दिन पनि छलफल नगरेको आरोप लगाउनुभएको छ । उहाँले सरकार वार्ताप्रति कहिल्यैपनि गम्भीर नरहेको आरोप लगाउनुभयो । जनकपुरमा आज अनुसन्धानात्मक वार्षिक पत्रिका ‘ज्ञानवाटिका’को विमोचन गर्दै अध्यक्ष यादवले भन्नुभएको छ, सरकारले वार्ता भइरहेको छ भनेर अन्तर्राष्ट्रिय समुदायलाई ठग्दै आइरहेको छ । तीन दलले जारी गरेको संविधान सम्पूर्ण नेपालीको संविधान नभएको उल्लेख गर्दै अध्यक्ष यादवले यो संविधान मुट्ठीभर राजनीतिक दलको संविधान हो भन्ने टिप्पणी गर्नुभयो । अध्यक्ष यादवले यो संविधान तराई मधेसवासीको अधिकार मात्र नखोसेर पहाडमा बस्ने जनजातिको समेत अधिकार खोसेको आरोप लगाउनुभयो । राराबहुमूखी क्याम्पसका सहप्राध्यापक शिवनारायण यादवको सभापतित्वमा भएको सो विमोचन कार्यक्रममा पूर्वमन्त्री हरिनारायण यादव, वरिष्ठ पत्रकार राजेश्वर नेपाली लगायतका वक्ताले बोल्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]