भूकम्प प्रभावितको लागि तिव्रगतिमा सरकारले काम गर्ने प्रधानमन्त्रीको दाबी


oliप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा हत्या, हिंसा र तोडफोडजस्ता कार्य सह्य नहुने भएकाले त्यस्ता कार्यलाई सरकारले कानुनबमोजिम कारबाही गर्ने बताउनुभएको छ । फे्रडरिक इबर्ट स्टिफ्टुङले यहाँ आयोजना गरेको नेपालका पार्टीहरूको लोकतान्त्रीकरणसम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि विगतमा पनि धावा बोल्न खोजिएको तर दलहरूले आपसी एकता र सहकार्य गरेर यसका उपलब्धिलाई बचाएको बताउनुभयो । “लोकतान्त्रिक आन्दोलनका उपलब्धिलाई सिध्याउने खेलका बीच हामी नयाँ संविधान ल्याउन सफल भएका छौँ, यसलाई कार्यान्वयन र पालनामा लाग्नु आजको आवश्यकता हो ।” उहाँले भन्नुभयो – ‘‘तर संविधान जादुको छडी होइन, यसले जे माग्यो त्यही दिँदैन, मुलुकको आर्थिक समृद्धिको यात्रा प्रारम्भ भएपछि जनताका चाहना सम्बोधन हुन्छ ।” लोकतन्त्र सचेत, आत्मनियन्त्रित, सबोधका साथै उन्नत प्रणाली भएकाले यसको संरक्षणमा सरकार र दलहरू सजग भएको पनि उहाँले बताउनुभयो । उहाँले सञ्चारमाध्यमले कतिपय विषयमा अनावश्यक विवाद सिर्जना गरेको गुनासो पनि गर्नुभयो । भूकम्प प्रभावितलाई राहत र पुनःस्थापनाका लागि सरकारले तीव्र मार्गबाट काम गर्ने जनाउँदै उहाँले यसका लागि आइपर्ने कानुनी अड्चनलाई पनि हटाएर काम गरिने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]